युक्रेनले भन्यो-परमाणु हतियारलाई अलर्टमा राख्नु रुसको ‘पागलपन’


१७ फाल्गुन २०७८, मंगलवार
UN ambasdor ukrine gU7z8Bj2YX

किएभ । संयुक्त राष्ट्रसंघको आमसभाको विशेष सत्रमा बोल्दै युक्रेनका स्थायी प्रतिनिधिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसको चर्को आलोचना गरेका छन् ।

युक्रेनका स्थायी प्रतिनिधि सर्गेई किस्लीत्सयाले विश्वव्यापी सुरक्षामा अहिले दोस्रो विश्वयुद्धको समयको जस्तै खतरा रहेको उल्लेख गरेका छन् । गत बिहीबारबाट रुसले युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ । सोही विषयमा छलफलको लागि सोमबार राष्ट्रसंघको आपतकालीन आमसभा बोलाइएको हो ।

उक्त सभामा बोल्दै किस्लीत्सयाले भने, ‘पुटिनले रुसको परमाणु हतियारलाई अलर्टमा राखेका छन् । कस्तो पागलपन हो यो ? यदि आफैंलाई समाप्त गर्न चाहन्छन् भने परमाणु हतियारको आवश्यकता पर्दैन । उनले त्यति गरे पुग्छ जुन दोस्रो विश्वयुद्धमा एक व्यक्तिले बर्लिनमा गरेका थिए ।’

स्मरणीय छ कि दोस्रो विश्वयुद्धमा सोभियत सेना बर्लिन पुगेसँगै जर्मनीका तानाशाह हिटलरले एक बंकरमा आत्महत्या गरेका थिए । आफ्नो भाषणको क्रममा किस्लत्सयाले रुसले युक्रेनका आम नागरिकलाई लक्षित गरी बम वर्षाइरहेको प्रमाण पेश गरेका थिए ।

रुसका स्थायी प्रतिनिधि भेसिली नेबेन्जियाले युक्रेनको जवाफमा विगत ८ वर्षदेखि डोनबासमा युक्रेनले निरन्तर रुस समर्थक विद्रोहीमाथि निरन्तर अपराध गरेको आरोप लगाए । सन् १९५६ पछि पहिलो पटक राष्ट्रसंघको आपतकालीन आमसभा बोलाइएको हो । विशेष सत्रमा विश्वभरका एक सयभन्दा धेरै मुलुकले आफ्नो भनाइ राख्ने छन् । त्यसपछि तयार पारिएको मस्यौदा प्रस्तावमा मतदान हुनेछ । यसअघि राष्ट्रसंघको सुरक्षा परिुषद्को बैठकमा रुसले अमेरिकाको प्रस्तावमा भिटो प्रयोग गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७