रुसी आक्रमणमा ७० बढी युक्रेनी सैनिकको मृत्यु


१७ फाल्गुन २०७८, मंगलवार
Russia attack

किभ । युक्रेनको ओख्तिर्का शहरमा रुसको आक्रमणमा परी ७० युक्रेनी सैनिकको मृत्यु भएको छ । यो युक्रेनको राजधानी किभ र खार्किभ शहरको बीचमा पर्ने शहर हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले दिएको जानकारीअनुसार आइतबार भएको उक्त आक्रमणमा युक्रेनी सैनिकहरुको मृत्यु भएको हो ।

युक्रेनको सुमि क्षेत्रको प्रमुख डिमित्रो झिभित्स्कीले युक्रेनको सैन्य क्याम्पमा रुसी सेनाले आक्रमण गरेको र अहिले घटनास्थलबाट सैनिकहरुको शव निकाल्नको लागि उद्धारकर्ताहरुको टोली खटाइएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गर्दै उनले उल्लेख गरेका छन्, ‘धेरै मानिसको मृत्यु भएको छ । अहिले घटनामा मृत्यु भएका ७० युक्रेनी सैनिकको लागि चिहान तयार पार्ने काम भइरहेको छ ।’ उनले रुसको तर्फ पनि ठूलो क्षति भएको उनले उल्लेख गरेका छन् । यद्यपि रुसको तर्फ भएको क्षतिको भने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७