डडेल्धुरामा जीप दुर्घटना : १६ घाइतेमध्ये तीनको अवस्था गम्भीर


१७ फाल्गुन २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका- १ कोटेलीबाट जिल्ला सदरमुकाम बगबजार आउँदै गरेको जीप दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । से१ ज ४०१ नम्बरको जीप केआइसिंह राजमार्गको युटर्न मोड नजिक दुर्घटनामा परेको हो ।

घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । यात्रुहरु काम विषेश र शिवरात्री मेला भर्न सदरमुकाम आउँदै थिए । जीपमा कति जना सवार थिए भन्नेबारे एकिन भएको छैन ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । अन्यलाई सामान्य चोट पटक लागेको छ । उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक केवी साउदले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने बताए । दुर्घटनाको कारणबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक साउदले बताए । उनका अनुसार चालक प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७