दक्षिण कोरियाले युक्रेनलाई १० मिलियन डलर सहयोग गर्ने


१७ फाल्गुन २०७८, मंगलवार
korea

काठमाडौं । दक्षिण कोरियाले युक्रेनका लागि १० मिलियन डलर मानवीय सहायता युक्रेनलाई प्रदान गर्ने सउलका विदेशमन्त्रीले जानकारी दिएका छन् ।

उक्त सहयोग युक्रेनको सरकार, छिमेकी देश र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यपश्चात् प्रदान गरिने मन्त्रालयले बताएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जेई-इनले सोमबार आफ्नो सरकारलाई युक्रेनका लागि तत्काल मानवीय सहायता प्रदान गर्न आदेश दिएका थिए ।

‘हाम्रो सरकारको सहायताले युक्रेनका जनता र शरणार्थीलाई प्रभावकारी रुपमा सहयोग गर्ने छ । हामी युक्रेनमा मानवीय संकट समाधान गर्न सक्रिय योगदान जारी राख्नेछौँ,’ मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७