तीन लाख बढीले गरिसके पशुपतिनाथको दर्शन


१७ फाल्गुन २०७८, मंगलवार
pasupati 2 scaled 1

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा आज (मंगलबार) बिहान साढे ११ बजेसम्ममा तीन लाख बढी भक्तजनहरूले पशुपतिनाथको दर्शन गरेका छन् ।

भारत र नेपालका विभिन्न जिल्लाबाट आएका दर्शनार्थीहरूले हर्षोल्लासका साथ पशुपतिनाथको दर्शन गरिरहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन् । ‘दर्शनार्थीहरूलाई सजिलै दर्शन गर्न चार ढोका खुला गरेका छौं । बिहान ३ बजेदेखि नै दर्शनार्थीहरू हर्षोल्लासका साथ पशुपतिनाथको दर्शन गर्न लाइनबद्ध भएका थिए । अहिले चारै ढोकामा ठूलो संख्यामा दर्शनार्थीहरूको लाइन छ’, प्रवक्ता अधिकारीले भने ।

उनका अनुसार ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकलाई लाइन नबसी सिधै दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । दर्शनार्थीहरूको सुरक्षा तथा भिडभाड नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।
आज बिहान गृहमन्त्री बालकृष्ण खाँणले पनि पशुपतिनाथको दर्शन गरेका छन् । साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । कोषले यो वर्ष १० लाख दर्शनार्थीहरूले पशुपतिनाथको दर्शन (पूजा) गर्ने अनुमान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७