युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेना, ६४ किमि लामो ट्याङ्कहरुको लस्कर


१७ फाल्गुन २०७८, मंगलवार
kadsfmkg1646117320

काठमाडौं । स्याटेलाइटबाट प्राप्त नयाँ तस्बिरहरूमा रुसी सैन्य सवारीसाधन ठूलो लाइनमा युक्रेनको राजधानी किभतर्फ जाँदै गरेको देखिएको छ ।

तस्बिरहरूमा सयौँ हतियारयुक्त ट्यांक, टोज आर्टिलरी, लोजिस्टिक्स सपोर्ट भेइकल्स दक्षिणतर्फबाट युक्रेनको राजधानी प्रवेश गर्न खोजिरहेको देखिएको छ । तस्बिरहरू हेर्दा सोचेभन्दा दुई गुणा लामो लाइन भएको अनुमान गरिएको छ ।

स्याटेलाइटबाट तस्बिर लिएको फर्म मेक्सार टेक्नोलोजीका अनुसार ६४.३७ किलोमिटर लामो ट्यांकहरूको लाइन किभतर्फ गइरहेको छ । लाइन अहिले किभको बाहिरतर्फ एन्टोभ विमानस्थलनजिक पुग्न लागेको छ । त्यो क्षेत्र पछिल्ला केही दिनयता रुसी कब्जामा छ ।

रुसी मिसाइलले सोमबार किभमाथि थप बमबारी गर्दा प्रमुख सैन्य रेडार कम्प्लेक्स नष्ट भएको छ । युक्रेन सरकार र मस्कोबीच युद्धविरामसम्बन्धी भएको बैठक बिना निष्कर्ष सकिएपछि किभमा हमलाको सिलसिला जारी छ ।

सर्वसाधारणहरू तीव्र रूपमा देश छाडेर छिमेकी मुलुकतर्फ भागिरहेका छन् भने केही रुसी बलको सामना गरिरहेका छन् । युक्रेनेको दोस्रो प्रमुख सहर खारकिभमाथि पनि रुसले भारी हमला गरेपछि बालबालिकासहित दर्जनौँ मानिसको मृत्यु भएको युक्रेनियन अधिकारीले बताएका छन् ।

यसअघि, क्रेमिलनले आफ्नो आणविक क्षमतायुक्त इन्टर-कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल्स र पनडुब्बी तथा लामो रेन्जको बम्बर सबै ‘हाई अलर्ट’ मा राखिएको जनाएको थियो । यसले अन्तर्राष्ट्रिय समुदायमा परमाणु युद्ध हुने चिन्ता बढाएको छ । इन्डिपेन्डेन्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७