ओलीको आरोप : सभामुखले बलमिच्याइँ गरेर फेरि असंवैधानिक काम गरे

‘गैरकानुनी रुपमा एमसीसीबारे ‘मृत’ प्रस्ताव संसद्मा पेस गरियो’


१७ फाल्गुन २०७८, मंगलवार
kp oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा सभामुखले बलमिच्याईं गरेर फेरि असंवैधानिक काम गरेको बताएका छन् ।

संसदको एउटा अधिवेशनमा पेश भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनु पर्ने भए पनि एमसीसीमा त्यसो नगरिएको उनले बताएका छन् । उनले भने, ‘मृत प्रस्तावलाई तथाकथित रुपमा ब्यूँताएर सभामुखले असंवैधानिक र गैरकानुनी काम गराउनु भयो ।’

अध्यक्ष ओलीले एमसीसी राष्ट्रघाती हो भन्दै आफ्ना नेता तथा कार्यकर्ता सडकमा उचालेर फेरि राष्ट्र एकताका लागि एमसीसी पास गराएको भन्नु लज्जास्पद भएको बताएका छन् । ‘एमसीसी राष्ट्रघाती हो कि होइन भनि कुरा स्पष्ट गर्नुपर्छ, राष्ट्रघाती भन्दै बाटो भत्काउन लगाए, विपक्षी दलको गाडीमा ढुंगा हान्न लगाए । अहिले आएर राष्ट्रिय एकताको कुरा कहाँबाट आयो ?’। भन्ने प्रश्न गर्दै उनले सभामुखको पद जाने माधवकुमार नेपालको पद जाने डरले उनीहरुले बहाना बनाएर एमसीसी पास गराएको आरोप लगाए ।

‘हामी एमसीसीको बारेमा संसदमा बहस गर्न चाहन्थ्यौं तर हामीमाथि ज्यादती भयो,’ उनले भने । अपराधिक कृयाकलापमा लागेकालाई पार्टीबाट निष्काशन गर्दा पनि सूचना ननिकालेको आरोप लगाउँदै उनले आफूहरुले त्यसको विरोधमा संसदमा अवाज उठाउँदा पेलेर जाने कार्य भएको बताए लगाए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सांसदभन्दा दुई चार गुणा प्रहरी राखेर सभामुखले गर्व महसुस गरेर खुरुखुरु संसद सञ्चालन गरेको टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७