एमसीसीमा व्याख्यात्मक घोषणा हाम्रो पार्टीको अडानको उपलब्धि हो : माधव नेपाल


१७ फाल्गुन २०७८, मंगलवार
Madhav Nepal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफूहरूको सफलता रहेको बताएका छन् ।

एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘हामीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न पहल नगरेको भए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा थियो । हामीहरूकै पहलका कारण एमसीसी जस्ताको तस्तै पारित नभएको हो ।’
व्याख्यात्मक घोषणा आफ्नो पार्टीले लिएको अडानको सफलता भएको भन्दै उनले अब एमसीसीबाट सम्भावित खतरा टरेको पनि बताए ।

अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्मा प्रहसन प्रस्तुत गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले एमसीसी सम्झौताबारे जारी गरेको प्रेस नोट आफूले अध्ययन गरेको भन्दै सो प्रतिक्रिया दिएका हुन् ।

‘एमसीसीबारे हामी धारणा लिन्छौं र त्यसैअनुसार कदम चाल्छौं भन्ने ओली एण्न्ड कम्पनीबाट सुनेका थियौं । तर, हामीले अन्त्यमा एमाले न समर्थन न विरोधमा देख्यौं । संसदमा प्रहसन देखाउने बाहेक केही गरेन’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७