विद्युत् नियमन आयोगका अध्यक्ष सिंहसहित तीन पदाधिकारी पदमुक्त


१७ फाल्गुन २०७८, मंगलवार
thumb 2

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीहरुलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह तथा सदस्यहरु रामेश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीलाई पदबाट हटाउने निणर्य गरेको हो ।

आयोगका पदाधिकारी माथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनका आधारमा उनीहरुलाई पदबाट हटाउने निणर्य गरिएको एक मन्त्रीले बताए । सरकारले आयोगका पदाधिकारीहरुकोे कार्यक्षमतामाथि प्रश्न उठाउँदै गत पुुुस ८ गते छानबिन समिति गठन गरेको थियो ।

विद्युत् नियमन आयोग ऐन २०७४ को दफा ९ मा भएको व्यवस्थाअनुसार कार्यक्षमताको अभाव र पदमा रहँदा पदीय दायित्व पुरा नगरेको भन्दै छानबिन समितिमार्फत उनीहरूलाई स्पष्टिकरण सोधिएको थियो । पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको संयोजकत्वमा पूर्व सहसचिवहरु विष्णुबहादुर थापा र आशिष घिमिरे सदस्य रहनेगरी छानबिन समिति गठन गरिएको थियो ।

समितिले दिएको सुझाव मन्त्रिपरिषदमा लगिएकोमा आयोगका पदाधिकारीहरुलाई पदमुक्त गरी नयाँ पदाधिकारी नियुक्त गर्ने प्रकृया समेत सुरु गर्ने निणर्य मन्त्रिपरिषदबाट भएको छ । आयोगका अर्का सदस्य रामप्रसादक धितालले भने यसअघि नै राजीनामा गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७