रुस-युक्रेन गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु, मोदीलाई कांग्रेसको यस्तो सुझाव


१७ फाल्गुन २०७८, मंगलवार
death

काठमाडौं । भारतले युक्रेनमा एक आफ्नो देशका विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारे जानकारी दिएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको कुरा गर्दा हामीलाई गहिरो चोट लागेको छ । मन्त्रालय परिवारको सम्पर्कमा छ र मेरो सहानुभूति परिवारप्रति छ ।’

अरन्दिम बागचीले ट्वीटमा लेखेका छन्, ‘विदेश सचिव रुस र युक्रेनका अधिकारीसँग कुरा गरिरहेका छन् र भारतीय नागरिकलाई सुरक्षित त्यहाँबाट निकाल्न माग गरिरहेका छन् ।’ केही घण्टाअघि भारतले आफ्ना नागरिकलाई तत्काल युक्रेनको राजधानी किभबाट निस्कन भनेको थियो । युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेर भारतीय नागरिकलाई ‘जे साधन उपलब्ध छन्, त्यसमार्फत् निस्कनुहोस्’ भनेको थियो ।

यसैबीच कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता अधीर रञ्जन चौधरीले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनावको सट्टा युक्रेनबाट भारतीय विद्यार्थीहरूलाई निकाल्नमा ध्यान दिन आग्रह पनि गरेका छन् ।

अधीर रञ्जन चौधरीले ट्वीट गरेका छन्-युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्युले स्तब्ध र दुःखी छु । नरेन्द्र मोदीजीले चुनावको सट्टा युद्धग्रस्त युक्रेनबाट भारतीय विद्यार्थीहरूलाई निकाल्नमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७