नारायणकाजीलाई फकाउन हात्तीवन पुगे प्रचण्ड


१७ फाल्गुन २०७८, मंगलवार
prachanda and narayankaji

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ भेट्न हात्तीवन पुगेका छन् ।

प्रचण्ड मंगलबार अपराह्न श्रेष्ठ निवास गएको उनको सचिवालयले जनाएको छ । एमसीसी राष्ट्रघाती भन्दै पार्टी निणर्यविरुद्ध सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएपछि प्रचण्डले सोमबार नारायणकाजीको कडा आलोचना गरेका थिए । एमसीसीकै कारण पार्टी छोड्न खोजे आफूले जबरजस्ती नरोक्ने बताएका थिए । उनले सस्तो लोकप्रियता पछाडि नलाग्न भनेका थिए ।

तर यो कुरालाई नारायणकाजीले सिरियस्ली लिएर पार्टी छोड्ने तयारी गरेपछि फकाउन प्रचण्ड उनको निवास पुगेको स्रोतले जानकारी दिएको छ । व्याख्यात्मक घोषणालाई षडयन्त्र भन्दै एमसीसी अनुमोदन भएको दिनलाई कालो दिन भनेर आलोचना गरेका नारायणकाजीले प्रचण्डको जवाफपछि विषम परिस्थिति आयो भन्दै एमसीसी विरोधी कित्तामा रहेका नेताहरुसँग अनौपचारिक छलफल थालेका थिए ।

यसको जानकारी पाएपछि प्रचण्ड नारायणकाजीको निवास पुगेका हुन् । भेटमा प्रचण्डले पार्टीभित्रको मतभेदलाई पार्टीभित्रै बसेर सुल्झाउनुपर्ने र आफ्नो अभिव्यक्तिलाई गम्भीर रुपमा नलिन आग्रह गरेका थिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पार्टीको आन्तरिक राजनीतिक, सांगठनिक सुदृढीकरणलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष हात्तीवनस्थित श्रेष्ठ निवास पुगेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७