युक्रेनको दावी : हामीले पाँच दिनमा ५,७१० रुसी सैनिक मारिसक्यौं


१७ फाल्गुन २०७८, मंगलवार
ukrain

किभ । युक्रेनमा भएको भीषण युद्धको पाँच दिनमा पाँच हजार ७१० रुसी सैनिक मारिएको युक्रेनी सैन्य अधिकारीहरूले दाबी गरेका छन् ।

युक्रेनको जेनेरल स्टाफका एक जना प्रवक्ताले फेसबुकमा पोस्ट गरेको भिडियो सन्देशमा २०० भन्दा बढी रुसी सैनिकलाई युद्धबन्दी बनाइएको पनि बताएका छन् । ती अधिकारीले १९८ रुसी ट्यांक, २९ विमान, ८४६ बख्तरबन्द गाडी र २९ हेलिकोप्टर पनि ध्वस्त पारेको दाबी गरेका छन् । यी दाबीको स्वतन्त्र पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि आक्रमणमा मस्कोको फौज ठूलो क्षतिबाट गुज्रिरहेको यूकेको रक्षा मन्त्रालयको विश्वास छ । रुसी सैनिक नमारिएको दाबी गरेको मस्कोले आइतबार आफ्ना सैनिकहरू हताहत भएको स्वीकार गर्न बाध्य भएको थियो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७