सशस्त्र प्रहरीको सांगठनिक संरचना परिमार्जन, कुन कुन दर्जालाई फाइदा ?


१८ फाल्गुन २०७८, बुधबार
BimalbahadurBista RSS 01 APFparichalan
फाइल फोटो

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन-२०७८’ सरकारले स्वीकृत गरेको हो ।

सो स्वीकृत प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी) ले १५ फागुनमा सशस्त्र प्रहरी मुख्यालयलाई पठाइसकेको छ ।

पछिल्लो सांगठनिक पुनर्संरचनाले विशेषगरी मध्यम तहका सशस्त्र प्रहरी अधिकृतको वृत्तिविकासमा ठूलो मद्दत पुग्ने देखिएको छ । लामो समयदेखि एउटै पदमा बसिरहँदा देखिएको नैराश्यता अन्त्य गर्न पनि परिमार्जित सांगठनिक संरचनाले ठूलो सघाउ पुग्नेछ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको कार्यकालको ठूलो उपलब्धीका रूपमा यसलाई लिइएको छ ।

‘सशस्त्र द्वन्द्वका बेला स्थापना भएको सशस्त्र प्रहरीमा त्यसबेला छोटोछोटो समयको फरकमा ठूलो संख्यामा इन्सपेक्टर भर्ना गरिएको थियो तर माथिल्लो तहमा दरबन्दी कम भएकाले उनीहरूको बढुवालगायत वृत्तिविकासमै ठूलो असर पर्दै आएको छ, परिमार्जित संरचनाले यसलाई केही हदसम्म सम्बोधन गर्नेछ, उनीहरूमा हौसला वृद्धि हुनेछ,’ सशस्त्र प्रहरी प्रवक्ता कामु एसएसपी कमल तिम्सिनाले भने । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७