रुसले युक्रेनका सैन्य तथा प्राविधिक केन्द्र लक्षित आक्रमण तीव्र बनाउँदै


१८ फाल्गुन २०७८, बुधबार
tank

किभरुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र बनाएको छ । दुई देशबीचको शान्ति वार्ता विफल भएपछि आक्रमणलाई बढाएको रुसले युक्रेनको राजधानी किभ केन्द्रित आक्रमण गरिरहेको बीबीसीले जनाएको छ ।

रुसले केही समयअघि किभमा रहेको टिभी टावरमा आक्रमण गर्दा पाँच जनाको ज्यान गएको युक्रेनले जनाएको छ । रुसले अहिले किभमा रहेका सुरक्षा र प्रविधि संयन्त्रहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।

यसैबीच विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनका लागि तीन बिलियन अमेरिकी डलर सहायता घोषणा गरेको छ । दुई संस्थाले संयुक्त विज्ञप्ति निकालेर बढ्दो मृल्यवृद्धी रोक्न र युक्रेनी नागरिकको सहायताका लागि अर्को हप्तासम्ममा सहयोग रकम तीन सय ५० बिलियन डलर पुर्‍याउने बताएका छन् ।

यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो सेना युक्रेनमाथिको आक्रमणमा रुसी सेनासँग सामेल नहुने बताएका छन् । भ्लादिमिर पुटिनका नजिकका सहयोगी लुकासेन्कोले बेलारुसी सेनाले सैन्य कारबाहीमा भाग नलिएको र कहिल्यै नलिने बताएको बीबीसीले जनाएको छ । यसैबीच रुसले शान्ति वार्ताको लागि युक्रेनले चासो नदेखाएको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रंघका लागि रुसी राजदूत गेनाडी गाटिलोभले युक्रेन र उसलाई सहयोग गर्नेहरुले आवश्यक कुटनीतिक पहल नगरेको बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७