युक्रेनको राजधानी किभस्थित टीभी टावरमा रुसको आक्रमण, पाँच जनाको मृत्यु


१८ फाल्गुन २०७८, बुधबार
Ukrine TV Tower attack YcLdHYllzt

किभ । युक्रेनको राजधानी किभस्थित टेलिभिजन टावरमा रुसी सेनाले आक्रमण गरेका छन् । उक्त आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनको इमर्जेन्सी सेवाले जानकारी दिएको छ ।

युक्रेनको गृह मन्त्रालयका अनुसार टीभी टावरमा भएको आक्रमणबाट केही उपकरणमा क्षति पुगेको छ । मन्त्रालयका अनुसार केही समयका लागि टेलिभिजन च्यानल पनि बन्द भएको छ । युक्रेनको विदेश मन्त्रालयले रुसले अहिले गरिरहेको आक्रमणलाई बर्बरताको संज्ञा दिएको छ ।

गत बिहीबारदेखि रुसले निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ । यो आक्रमण अहिले मुख्य सहरमा केन्द्रित देखिएको छ । मंगलबार युक्रेनको दोस्रो ठूलो सहर खार्कोभमा केही ठूला विष्फोट भएको थियो । रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म ६ लाख ६० हजारभन्दा धेरै मानिसहरुले मुलुक छाडिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७