एफए कपको पाँचौं चरणबाटै बाहिरियो टोटनह्याम


१८ फाल्गुन २०७८, बुधबार
middlesburg totamham sZdGRP6vm5

काठमाडौं । टोटनह्याम एफए कपको पाँचौं चरणबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा मिडल्सबर्गसँग १-० ले पराजित हुँदै टोटनह्याम प्रतियोगिताबाटै बाहिरिएको हो ।

मंगलबार भएको खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको १०७ औं मिनेटमा मिडल्सबर्गका सब्स्टिच्युट खेलाडी जोस कोबर्नले निर्णायक गोल गर्दै टोलीलाई एफए कपको क्वार्टरफाइनलमा पुर्‍याएका हुन् ।

अघिल्लो चरणमा मिडल्सबर्गले म्याचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाँचौं चरणको यात्रा तय गरेको थियो । यो चरणमा पनि उसले टोटनह्याममाथि महत्वपूर्ण जित हात पारेको हो ।

यो सिजनको लागि टोटनह्याम एफए कपको उपाधि दाबेदारमध्येको एक मानिएको थियो । मिडल्सबर्गले पछिल्लो ८ खेलमा लगातार जित हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७