रुसविरुद्ध लड्न स्वदेश फर्किए ८० हजार युक्रेनी नागरिक


१८ फाल्गुन २०७८, बुधबार
Ukrine russia tension kHwhZpTm3V

किभ । रुसले अहिले गरिरहेको आक्रमणको प्रतिकार गर्न युक्रेनका ८० हजार नागरिक स्वदेश फर्किएका छन् । युक्रेनको गृह मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न कामको सिलसिलामा विदेशमा रहेका ८० हजार नागरिक स्वदेश फर्किएका हुन् ।

टेलिग्रामको पोस्टमार्फत मन्त्रालयले दिएको जानकारीअनुसार यसरी फर्किनेमा धेरैजसो पुरुषहरु छन् र उनीहरु सेनामा भर्ती भएका छन् । त्यस्तै केही मानिसहरु भौगोलिक सुरक्षा बलमा भर्ती भएका छन् ।

युक्रेनले रुसको सामना गर्न सबै नागरिकलाई हतियार उठाउन आग्रह गरेको छ । त्यस्तै उसले युद्धमा आफूलाई सहयोग गर्न चाहने विदेशीलाई विना कुनै भिसा मुलुकमा अनुमति दिने उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७