रेखा र निकिताको कस्तो प्रेम ?


७ चैत्र २०७४, बुधबार
Rekha Thapa Nikita Paudel

काठमाडौं ७ चैत : पार्टी फेरेजस्तै छ, रेखा थापाको साथी फेराई । एक समय निकै मिल्ने, पछि उहीसँग झगडा, लफडा ! छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष पत्नी बनेर रहिन् । सम्बन्धमा एकपछि अर्को लफडै लफडा हुँदा उनीहरू छुट्टिए । आर्यनको त नामै उनले राखिदिएको ।

Rekha Thapa Nikita Paudel

निर्देशक श्याम भट्टराईसँग पनि पछि सम्बन्ध बिग्रियो । निखिल उप्रेती, विराज भट्ट, यशकुमार– यी कोहीसँग आजकल बोचाल छैन । प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि उनको बोलचाल बन्द छ । र, अहिले धेरै नजिकको सम्बन्धमा छिन्, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ।

रेखा फिल्म बनाउने, त्यसलाई निकिताले डिस्ट्रिब्युसन गरिदिने सम्झौतामा छन्, उनीहरू । सम्झना उप्रेती रौनियालाई निर्देशक लिएर फिल्म बनाउने क्रममा अहिले उनीहरू घुमघाममा छन्, इलाम, कन्याम, पाथिभरातिर । काठमाडौंमा धेरैको पैसा बिगारिदिएर बेपत्ता भएका हेटौंडाका ध्रुव न्यौपाने पनि यी तीन महिलाको पछि लागेका छन् । अरू त त्यस्तै हुन्, राम्रै करिअर बनाउँदै गरेकी निकितालाई रेखाले कुन कन्ट्रोभर्सीमा लगेर जाक्ने हुन् भनी उनका शुभचिन्तक चर्चा गरेको खबर जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७