एमसीसी अनुमोदनपछि चिढिएका नारायणकाजीसँग आज पनि प्रचण्डकाे छलफल


१८ फाल्गुन २०७८, बुधबार
prachanda and narayankaji

काठमाडौं । प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ ।

एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्व एकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएको छ । एमसीसीको विपक्षमा उभिएका नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, जीवन गौतमलगायतका पूर्व एकता केन्द्र पक्षका नेताहरु पार्टीबाट बाहिरिने खतरा बढेको छ । उनीहरुलाई पार्टीभित्रै अड्याउनु पर्ने चुनौती आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व एकता केन्द्र समूहका नेता नारायणकाजी श्रेष्ठलाई फकाउने प्रयास थालेका छन् ।

प्रचण्ड मंगलबार श्रेष्ठको निवास हात्तीवनमै पुगेर मतभेदलाई पार्टीमै बसेर छलफल गर्न तर पार्टी नछाड्न आग्रह गरेका थिए । श्रेष्ठले भने एमसीसीको विपक्षमा रहेकाहरुलाई पार्टी छाडेर जान स्वतन्त्र रहेको भन्ने प्रचण्डको भनाइले आशंका उब्जाएको जवाफ दिएका थिए ।

प्रचण्डले आज पनि श्रेष्ठसँग थप छलफल गर्दैछन् । एमसीसी अनुमोदनपछि माओवादीको तल्लो तहमा पनि असन्तुष्टि चुलिएको छ । एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चर्किएको विवाद तत्काल सेलाउने देखिएको छैन । एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए ।

दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् । माओवादी अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमसँग तुलना गर्दै पार्टी छाडेर जान सक्ने सङ्केत गरेपछि श्रेष्ठ चिढिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७