नारायणकाजी निवासमा विप्लव : पार्टी एकताको प्रस्ताव


१८ फाल्गुन २०७८, बुधबार
Biplov narankaji large

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लवबीच भेटवार्ता भएको छ ।

श्रेष्ठ निवास हरिसिद्दिमा दुई नेताबीच पाँच मिनेट अगाडिदेखि भेट भई कुराकानी भइरहेको जनाइएको छ । एमसीसी अनुमोदनपछि असन्तुष्ट माओवादी केन्द्रका नेता श्रेष्ठलाई एकता गर्ने प्रस्ताव लिएर विप्लव उनकै निवासमा पुगेको स्रोतले जानकारी दिएको छ ।

मंगलबार प्रचण्डले श्रेष्ठलाई निवासमै पुगेर भेटेका थिए । आज पनि प्रचण्ड र नारायणकाजीबीच छलफल हुने बताइएको छ । श्रेष्ठले पूर्व एकता केन्द्र ब्युताउने तयारी गरिरहेका बेला विप्लवले पनि भेटेका हुन् । एमसीसीलाई लिएर नारायणकाजी श्रेष्ठले कडा विरोध जनाएपछि अध्यक्ष प्रचण्डले पार्टी छाडेर जाने भए रोक्न नसक्ने अभिव्यक्ति दिएपछि नेता श्रेष्ठ चिढिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७