सभामुखविरूद्व महाअभियोग प्रस्ताव ल्याउँछौं : गोकुल बाँस्कोटा


१८ फाल्गुन २०७८, बुधबार
Gokul Bastokta

सुर्खेत : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सभामुखविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउनसक्ने बताएका छन् ।

बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सभामुख पक्षपाती भए । सभामुख कुनै पार्टीको हैन र त्यो पद संसदको सबैभन्दा माथिल्लो हो।’

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन आएका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’को विरोध गर्न सम्म गरे । उनले भने, ‘प्रचण्डजी खोलैखोला जान लाग्नुभाछ ।

एमसीसीका विरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्ड नै हुन् । एमसीसीका बारेमा उहाँले एउटा पहाड सिर्जना गर्न खोज्नु भयो ।’ साथै नेता बास्कोटाले एमसीसी परियोजना त्यति गिजोल्नुपर्ने नभएको भन्दै एमालेको बचाउ गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७