सुनको भाउ तोलाको एक लाख नजिक


१८ फाल्गुन २०७८, बुधबार
gold

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ । आज (बुधबार) सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले वृद्धि भएर तोलाको ९९ हजार ५०० रुपैयाँ पुगेको छ । गएको बिहीबार तोलाको ९९ हजार रुपैयाँ पुगेर केही ओरालो लागेको सुनको मूल्यले आज पुनः उचाइ बनाएको हो ।

आज छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला एक हजार ९०० रुपैयाँले नै बढेर ९९ हजार प्रतितोलामा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७