माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २० गते


१८ फाल्गुन २०७८, बुधबार
Maoist Center 8th General Convention Bandasartra

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ ।
पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।

माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक-पटक सर्दै आएको छ । यो पटक भने सर्ने सम्भावना कम रहेको माओवादी नेताहरुले जानकारी दिएका छन् । माओवादीको केन्द्रीय कमिटी पनि अपूर्ण रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७