जापानका ७० स्वयंसेवकले रुसविरुद्ध लड्न युक्रेनलाई सघाउने


१८ फाल्गुन २०७८, बुधबार

टोकियो । रुसी आक्रमणविरुद्ध विदेशी सहयोगीका लागि अपिल गर्दै आएको युक्रेनका लागि ७० जापानी स्वयंसेवकहरूले लड्ने भएका छन् । बुधबारको मिडिया रिपोर्टअनुसार त्यसमध्ये ५० जना पूर्व जापानी आत्मरक्षा फोर्सका सेना रहेका छन् । दुई जना भेटेरान आर्मी भएको बताइएको छ ।

यसअघि, युक्रेनियन राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिका र क्यानडाबाट पनि अन्तर्राष्ट्रिय सेनाको समूह बनाएर लडाइँमा आफूहरूलाई सघाउन अपिल गरेका थिए ।

युक्रेनियन दूतावासका प्रवक्ताले यो विषय पुष्टि गर्दै धेरै मानिसले युक्रेनका लागि लड्ने चाहना व्यक्त गरिरहेको बताएका छन् । तर, यसमा सहभागी हुन जापानी आत्मरक्षा फोर्सको अनुभव हुनुपर्ने वा विशेष सैन्य प्रशिक्षण प्राप्त गरेको हुनुपर्ने पनि बताइएको छ ।

बुधबारको ट्वीटर पोस्टमा जापानमा अवस्थित युक्रेनी दूतावासले मेडिकल, आईटी, सञ्चार वा फायर फाइटिङ जस्ता क्षेत्रमा अनुभव भएका स्वयंसेवकहरूको खोजी गरिरहेको जनाएको छ । रोयटर्सबाट

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७