एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक


१८ फाल्गुन २०७८, बुधबार
Ncell Main Logo scaled

काठमाडौें । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको एनसेलले जनाएको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समय सीमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित मात्र एक सय २५ रुपैयाँमा सुरु गर्न सक्छन् । त्यस्तै नन्स्टप युट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र एक सय ४७ रुपैयाँमा ७ दिनको समय सीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै पाँच सय एमबी डेटा र युट्युबमा नन्स्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस युट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको छ ।

यी प्याकहरु हिजो मंगलबारदेखि सञ्चालनमा ल्याइएको एनसीएलले जनाएको छ । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक लिन सक्छन् । त्यस्तै ग्राहकले नन्स्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र पाँच सय एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुरु गर्न सक्छन् । यी प्याक सुरु भएको दिनबाट ७ दिनको लागि मान्य रहने एनसेलले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७