युक्रेनको खारकिएभमा रुसी हमलामा २१ जनाको मृत्यु, ११२ घाइते


१८ फाल्गुन २०७८, बुधबार
kharkiev TBCIbKueMQ

किएभ । युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएभमा भएको रुसी हमलामा २१ जनाको मृत्यु भएको छ भने ११२ घाइते भएका छन् । खारकिएभका मेयरले यसबारे जानकारी दिएका हुन् ।

यद्यपि, खारकिएभ रिजनल स्टेट एड्मिनिस्ट्रेशनका गभर्नरले खारकिएभमा मंगलबार रातभरी भएको भारी बम विस्फोटको बावजुद सबै रुसी आक्रमणहरू विफल भएपछि रोकिएको बताएका छन् ।

गभर्नर ओलेग सिनेगुबोवने भने, ‘रुसी दुष्मनले भारी क्षति व्यहोर्नु परेको छ ।’ रुसी सैनिक शहरको उत्तर पूर्वी र उत्तरी क्षेत्रमा प्रवेश गरेको मान्यता राखिएको छ किनभने खारकिएवमा जेट विमानद्वारा बमबारी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७