काठमाडौं उपत्यकामा जुवातास खेलिरहेका ३४ जना पक्राउ


१८ फाल्गुन २०७८, बुधबार
Juwa Tas Khal 1536x900 1

काठमाडौं । प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका-६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याडमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७