आउँदो संसद् बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे छलफल हुन्छ : मन्त्री बडू


१८ फाल्गुन २०७८, बुधबार
dilendra

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले प्रतिनिधिसभाको आउँदो बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगबारे छलफल हुने बताएका छन् ।

आज (बुधबार) संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बडूले जबरामाथिको महाअभियोग प्रस्तावले स्वाभाविक प्रक्रिया लिने जानकारी गराएका हुन् । बडूले भने, ‘प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावले स्वाभाविक प्रक्रिया लिन्छ । हाम्रो नियमावलीको व्यवस्था छ, प्रस्ताव दर्ता भइसकेपछि ७ दिनपछिको कुनै पनि बैठकमा राख्ने । सबैसँग सल्लाह गरेर ११ जनाको महाअभियोग सिफारिस समिति बन्छ । त्यसपछि प्रक्रिया अगाडि जान्छ । प्रतिनिधि सभाको आउने बैठकमा अगाडि बढ्छ । यसबारे सल्लाह भइरहेको छ ।’

महाअभियोग सिफारिस समितिमा सबै दलको प्रतिनिधित्व हुने भएकाले अहिले समय लिइरहेको पनि मन्त्री बडूले बताए । प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बोलाइएको छ । सत्तारुढ गबठन्धनले फागनु १ गते प्रधानन्यायाधीश जबराविरुद्व महाअभियोग दर्ता गराएका थियो । गठबन्धनसम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले हस्ताक्षर गरेर महाअभियोग दर्ता गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७