कमल थापाका भतिजाले खाए राजेन्द्र लिङ्देनको पार्टीको शपथ

तीन वटा प्रतिवेदनमाथि छलफल हुने


१८ फाल्गुन २०७८, बुधबार
raprapa

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित अभिषेकले तीन महिनापछि बुधबार शपथ खाएका हुन् । तर, उनका काका तत्कालीन अध्यक्ष कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन् ।

abhishek 9E4ow7yFV8

महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट कमल थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यको साथ भने पाएका छैनन् । राप्रपा नेपालमा नगई अभिषेक राप्रपामा रहेका छन् । कमलकी छोरी प्रतिष्ठा थापा रायमाझी पनि राप्रपामै छिन् । गत महाधिवेशनवाट केन्द्रीय सदस्य प्रतिष्ठा निर्वाचित भएकी हुन् ।

तीन वटा प्रतिवेदनमाथि छलफल हुने
धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा देशभरबाट १९३ सदस्यीय (कुल १९९-मनोनीत हुन बाँकी ६ जना) केन्द्रीय सदस्य उपस्थित भएर बैठक बुधबार दिउँसो पौने २ बजेबाट शुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिसम्बन्धी, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धी, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची छ । प्रस्तुत प्रतिवेदनमाथि बुधबारबाटै छलफल प्रारम्भ हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७