रुसका विदेशमन्त्रीको चेतावनी : तेस्रो विश्वयुद्ध विनाशकारी र आणविक युद्ध हुनेछ


१८ फाल्गुन २०७८, बुधबार
lavrov sqmiFTFfCL

काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले युक्रेनलाई आणविक हतियार प्राप्त गर्न नदिने बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र आणविक युद्ध हुने चेतावनी पनि दिएका छन् ।

युक्रेनसँगको वार्ताका विषयमा लाभरोभले रुस युक्रेनसँगको दोस्रो चरणको वार्ताका लागि तयार रहेको तर युक्रेन अमेरिकाको इशारामा चलिरहेको आरोप लगाएका छन् । एक दिनअघि, लाभरोभले युक्रेन आणविक हतियार प्राप्त गर्न प्रयासरत रहेको बताएका थिए । उनले भनेका थिए, ‘यो ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ ।’ बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७