बंगला विमान दुर्घटना : रसिक परिवार बन्यो यसरी भत्ताभुङ्ग


७ चैत्र २०७४, बुधबार
823 1521548668captain abid wife

काठमाडौं, ७ चैत : घरको मुख्य मान्छे गुमेपछि एउटा परिवार हेर्दाहेर्दै कतिसम्म बर्बाद हुन पुग्छ भन्ने कुरा करीब दुई हप्ताअघि भएको यूएस बंगला विमान दुर्घटनापछि सिर्जित अन्य घटनाहरुले देखाएको छ ।823 1521548668captain abid wife

त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा ५१ जनाको ज्यान लिने गरी भएको यूएस बंगलाको बिमान दुर्घटनामा मृत्यु भएका पाइलट अबीद सुल्तानकी पत्नीलाई ह्दयघात भएको छ । आइतबार ह्दयघात भएकी उनको अवस्था गम्भीर बन्दै गएको र कृत्रिम श्वास–प्रश्वास प्रणालीको भरमा उनको जीवन बाँचिरहेको बंगलादेशका मिडियाहरुले जनाएका छन् ।

पाइलट सुल्तानकी पत्नी अप्सना खानमलाई हृदयघात भएपछि ढाकास्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोसाइन्स एण्ड हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उनको ब्रेन सर्जरी गरिएको, तर अवस्था निकै गम्भीर बन्दै गएको बताइएको छ । प्रोफेसर अलामलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा जनाइएअनुसार भेन्टिलेटरको मद्दतले उनले श्वास फेरिरहेकी छिन् र ब्रेनले आशातित रेसपोन्स गरिरहेको छैन । उनले भनेका छन् कि अप्सनाको मृत्यु भइहालेको त छैन, तर उनी निकै गम्भीर छिन् ।

काठमाडौमा भएको विमान दुुर्घटनामा सुल्तान गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । सुल्तानको मृत शरीर उनका १६ वर्षीय छोरा ताञ्जिड सुल्तानले बुुझेका मिडिया रिपोर्टमा उल्लेख छ । बंगलादेशले दुर्घटनामा मृत्यु भएका २३ जनाको शव पहिचान गरी लगिसकेको छ । अझै ३ बंगलादेशीको शवको पहिचान हुन सकेको छैन । सुल्तानको परिवार मात्र होइन विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सबै परिवार अहिले शोकमा छन् । धेरैले आफ्ना छोराछोरी र अभिभावक गुमाएका छन् । त्यति मात्र होइन देशले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति अपेक्षा गरिरहेका धेरै एकै चिहान बन्नु पर्दा देशलाई समेत अपुरणीय क्षति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७