१२७ मा कोरोना संक्रमण, तीन जनाको मृत्यु


१८ फाल्गुन २०७८, बुधबार
FM1r y7akAUTs0L

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण भएको थियो ।

योसँगै देशभर पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा कुल ९ लाख ७७ हजार १९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा एक लाख ३९ हजार ४५७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ४८८ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १८, भक्तपुरमा चार र ललितपुरमा आठ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टाको देशभरको औसत संक्रमणदर २.६ प्रतिशत रहेको छ ।
यस्तै हालसम्म ११ हजार ९४१ जनाको मृत्यु भएको हो । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन् भने हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७