राजसंस्था पुनर्स्थापना राप्रपा नेपालको कार्यनीतिमा छैन : कमल थापा

१६ पदाधिकारी मनोनित


१८ फाल्गुन २०७८, बुधबार
Kamal Thapa 4

काठमाडौं । राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने स्पष्ट पारेका हुन् । उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताएका छन् । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाई थियो ।
१६ पदाधिकारी मनोनित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनित गरेका छन् । पार्टीको विधान बमोजिम केन्द्रीय पदाधिकारीहरु मनोनयन गरेको जनाएका छन् । जसअन्तर्गत पर्साका राजीव पराजुली, काठमाडौंका उद्धव पौडेल, जयकुमार खड्का, बाँकेका राजेन्द्रवीर राय, तनहुँका विष्णु भण्डारी, धनकुटाका लाक्पा तामाङ उपाध्यक्षमा मनोनित भएका छन् ।

यस्तै, ललितपुरका भाष्कर भद्रा, महोत्तरीका सुशील श्रेष्ठ, काठमाडौंका इन्द्र चित्रकार, मकवानपुरका राजाराम बौला महामन्त्रीमा मनोनित भएका छन् ।

सुनसरीका हरिकृष्ण श्रेष्ठ, पर्वतका धर्म गुरुङ, भोजपुरका अम्बिकाप्रसाद ढकाल, कास्कीका शिवकुमार बास्तोला, झापाकी ममता राई, र महोत्तरीका शशिरञ्जन यादव सहायक महामन्त्रीमा नियुक्त भएको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७