युक्रेनमा आफू निकट भिक्टर यानुकोभिचलाई राष्ट्रपति बनाउने पुटिनको तयारी


१८ फाल्गुन २०७८, बुधबार
Viktor Yanukovych Putin 81qO9hIO45

काठमाडौं । युक्रेनमा जारी भीषण संघर्षबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ राष्ट्रपतिका रुपमा आफू निकट भिक्टर यानुकोभिच अघि सार्ने भएका छन् ।

अमेरिका, उत्तर एटलान्टिक सन्धि संगठन र युरोपियन युनियननिकट भोलोदोमिर जेलेन्स्कीलाई सत्ताच्युत गरेर आफू निकट पूर्व राष्ट्रपतिलाई शक्तिमा फर्काउने तयारीमा पुटिन लागेका हुन् । हाल बेलारुसको मिन्सकमा रहेका यानुकोभिच सन् २०१० देखि २०१४ सम्म राष्ट्रपति भएका थिए । उनलाई विस्थापित गर्दै सन् २०१४ मा पेत्रो पोरोशेन्को सत्तामा आएका थिए ।

उनीपछि सन् २०१९ मा कमेडियन जेलेन्सीकी राष्ट्रपति भएका थिए । जेलेन्स्कीले रसियन धुरीविरुद्ध उभिएर अमेरिका र युरोपियन युनियनतिर ढल्किएपछि आक्रोशित रसियाले साताअघि युक्रेनमा आक्रमण थालेको थियो । आक्रमण विस्तारै दोस्रो ठूलो शहर खार्किब हुँदै अब राजधानी किभतिर बढिरहँदा सत्ता हेराफेरीको तयारीमा पुटिन लागेका हुन् ।

सन् १९९१ मा सोभियत संघमा छुट्टिएपछि यानुकोभिच युक्रेनको चौथो राष्ट्रपति बनेका थिए । उनलाई सन् २०१४ मा भएको आन्दोलनपछि राष्ट्रपतिबाट हटाइएको थियो । त्यसपछि उनी बेलारुसमा रहँदै आएका छन् । यसैबीच रसिया र युक्रेनबीच बुधबार नै ढिलो गरी दोस्रो वार्ता हुने भएको छ । यसअघि युद्धबीच भएको पहिलो वार्ताले कुनै ठोस निणर्य लिन सकेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७