मलाई देशको माया लाग्छ, त्यही भएर एमालेमा आएँ : उपसभामुख यादव


२९ आश्विन २०७४, आईतवार
Ganga Parsad Yadav

काठमाडौं : निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमाले देशलाई जोड्ने पार्टी नेकपा एमाले मात्रै भएको बताएका छन् । एमाले हिमाल, पहाड र तराईलाई जोड्ने काम गरेको उनको भनाई छ । अरु पार्टीका नेताहरुलाई पदको मात्रै चिन्ता भएको तर एमाले र एमालका अध्यक्ष केपी शर्मा ओलीलाई देशको चिन्ता भएको उनको जिकिर छ ।

Ganga Parsad Yadav

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा आज आयोजित बिशेष कार्यक्रममा .एमालेमा प्रवेश गर्दे यादवले एमालेले देश बिखण्डनबाट रोकेको बताए । उनले भने, ‘म एमाले प्रवेश गर्नुको मुल कारण चाँही केपी ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल पहाड तराईलाई जोडने ओलीको सोच नै हो ।’ यादवलाई अध्यक्ष ओली, नेता सुबास नेम्बाङ, महासचिव इश्वर पोखरेलसहितका एमाले शीर्ष नेताले खादा तथा टिका लगाएर एमालेमा प्रवेश गराएका थिए ।

यादवले ओली नेतृत्वको सरकारले देशको लागि राम्रो काम गरेको बताए । ‘मैले मेरो पूर्व पार्टीका अध्यक्ष कमल थापालाई उपसभामुख रहुन्जेल नैतिकताका आधारमा पार्टी छाड्न मिल्दैन भनेको थिए,’ उनले भने, ‘त्यसैले निवर्तमान भएकै भोलिपल्ट एमाले प्रवेश गरेको हुँ, एमाले प्रवेश गर्नुको मुल कारण चाँही ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल पहाड तराईलाई जोडने ओलीको सोच नै हो ।’ उनले आफू कक्षा १० मा अध्ययनरत रहँदादेखि नै कम्युनिष्ट रहेको र समयपछि एमाले प्रवेश गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘म कक्षा १० मा अध्ययनरत रहँदा नै कम्युनिष्ट थिएँ,’ यादवले भने, ‘म त्यसैबेला कम्युनिष्ट पार्टीको सदस्य बन्न चाहन्थें । त्यो अवसर आज प्राप्त भयो, खुशी लागेको छ ।’

उनले एमाले अध्यक्ष ओली राष्ट्रप्रेमी र विकासवादी भएको तथ्य राख्नुभयो । ‘केपी ओली विकासवादी र राष्ट्रवादी नेता हुनुहुन्छ, उहाँलाई देशको चिन्ता छ, अरु दलका नेतालाई राष्ट्रको कुनै चिन्ता छैन, केवल पद पाए पुग्दो रहेछ,’ भने, ‘देश विखण्डनतर्फ गइरहेको छ, अरु दलका नेता त्यही चाहिरहेका छन तर एमाले र यो पार्टीका अध्यक्ष ओलीले त्यसलाई रोक्न सबै भन्दा बढी भूमिका खेल्नुभएको छ, मधेशको हितमा काम पनि एमालेले मात्रै गरेको छ, यो तथ्य अव कसैसामु छुप्न सक्दैन ।’ कार्यक्रममा बिप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य दलबहादुर बस्नेत पनि एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७