कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा


१८ फाल्गुन २०७८, बुधबार

काठमाडौं, १८ फागुन । कामना सेवा विकास बैंकले चितवनमा थप ३ वटा शाखा विस्तार गरेको छ । खैरहनी नगरपालिका वडा नं. ०८ पर्सा बजारमा, कालिका नगरपालिका वडा नं. ४ पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं। २५ अमृतचोकमा शाखा विस्तार गरेको हो । योसँगै कामना बैंकको शाखा कार्यालय १३२ पुगेको छ । बैंकले नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत ग्राहकलाई बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । बैंकका १३२ शाखा, १ विस्तारित काउन्टर, ४ शाखा रहित बैंकिङ सेवा तथा ७७ एटिममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७