आत्मनिर्भर अर्थतन्त्र निर्माणमा गरेर समृद्धिको यात्रामा अगाडि बढौं : प्रचण्ड


१९ फाल्गुन २०७८, बिहीबार
prachanda 1 1

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आह्वान गरेका छन् । ग्याल्बो ल्होसारको शुभकामना दिँदै उनले समृद्धिको यात्रातर्फ अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ,‘बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । यसबाट मात्र संविधानले व्यवस्था गरेको समाजवादी लक्ष्य हासिल गर्न सकिन्छ । पराधिन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन ।’

प्रचण्डले समुदायहरुको मौलिक पहिचान देशका अमूल्य सम्पत्ति भएको बताएका छन् । ‘देशका विभिन्न समुदायका आ-आफ्ना मौलिक सांस्कृतिक पहिचान छन् । समुदायहरुको मौलिक पहिचान देशका अमूल्य सम्पत्ति हुन् । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको पनि यो आफ्नो बेग्लै मौलिक सांस्कृतिक पर्व हो ।’

सन्देशमा भनिएको छ, ‘नेपाली जनताको बलिदानीपूणर् संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएका छन् ।’ उनले पर्वले नेपालीहरुमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७