समाजको उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्ण : मन्त्री राई


१९ फाल्गुन २०७८, बिहीबार
rajan rai pradesh 1 scaled

विराटनगर । प्रदेश-१ का सामाजिक विकासमन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गर्न लागेको कार्यक्रमबारे आज सरोकारवालाबीच भएको छलफलमा उनले सो कुरा बताएका हुन् । मन्त्री राईले महिलामाथि हुने विभेदविरुद्ध हरेक वर्ष मनाइने उक्त दिवसलाई व्यापक र सिर्जनात्मक रुपमा मनाउनु पर्नेमा जोड दिए ।

आगामी मार्च ८ तारिकका दिन प्रभातफेरी र दीपप्रज्वलन गरी दिवस मनाइने निणर्य भएको उक्त मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए । ‘सामाजिक न्याय लैङ्गिक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ फागुन गते बिहान २४ प्रभातफेरी कार्यक्रम विराटनगरस्थित देवकोटा चोबाट सुरु गरिने उनले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७