सत्ता गठबन्धन वैठक : स्थानीय चुनावमा सकेसम्म मिलेर जाने, पहिला आ-आफ्नो दलभित्र छलफल


१९ फाल्गुन २०७८, बिहीबार
Satta gathabandhan meeting Thrusday

काठमाडौं । सत्तारुढ गठबन्धनले चुनावी गठबन्धनका लागि आ-आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको थियो । वैठकले सत्ता गठबन्धनको समीक्षा समेत गरेको छ ।

आ-आफ्नो दल दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् । ‘जुन कारणले हामीले गठबन्धन बनाएको थियौं । राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता छ’, प्रवक्ता कार्कीले भने, ‘गठबन्धन अघि बढ्छ । चुनावी गठबन्धनका लागि आ-आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

बैठकले संसदमा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निणर्य पनि गरेको छ । नागरिकता विधेयक र हवाई उड्ययन विधेयक संसदमा गम्भिर छलफल गर्नुपर्ने विधेयक रहेको कार्कीले बताएका छन् ।
‘संसदप्रति नै नकारात्मक धारणा जनताप्रति बन्न सक्छ ।’

सरकारका प्रवक्ता कार्कीले भने, ‘संसद बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गर्ने निर्णय गरेको छ ।’ सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएपछि चार दलको बैठक बसेको थियो । एमसीसीमा मात्रै जनमोर्चाको फरक मत रहेकाले अन्य निणर्य प्रक्रियमा उक्त दल पनि सहभागी हुने प्रवक्ता कार्कीले दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७