अन्तिम मतदाता नामावली चैत्र १० गते प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी


१९ फाल्गुन २०७८, बिहीबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएको छ । विभिन्न ठाउँबाट सङ्कलन भएका नामावलीहरु जिल्ला जिल्लामा पठाइसकिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
उनले भने, ‘अब जिल्लाले प्रिन्ट गरेर ती नामावलीहरु एक-एक कपी वडा कार्यालयमा सार्वजनिक गर्नका लागि पठाउँछ । त्यहाँ नामावलीबारे दावी विरोध हुन्छ ।’

नामावलीमा विवरण छुट्ने, बिग्रने, दोहोरिने, मृत्यु भएका मानिसहरूका नाम हटाउनेलगायतका काम स्थानीय तहले गर्ने उनले बताए । यस्तै, मतदाता नामावली दर्ता गर्दा जिल्ला फरक भएमा नाम, थर, उमेरलगायतका त्रुटि भएमा सच्याउने काम स्थानीय तहले गर्ने सहायक प्रवक्ता आर्यालले बताए ।

वडाबाट यसरी विवरण शुद्धीकरण भएपछि जिल्ला निर्वाचन कार्यालयमा नामावली पुग्ने उनले बताए । त्यस लगत्तै जिल्ला निर्वाचन कार्यालयले गल्ती सच्याएर निर्वाचन आयोगमा अन्तिम विवरण पठाउँछ । अन्यमा जिल्लाबाट आएका नामावलीलाई प्रक्रिया पुर्‍याएर आयोगले अन्तिम मतदाता नामावली तयार गरी सार्वजनिक गर्नेछ । आयोगले चैत्र १० गते अन्तिम नामावली प्रकाशन गर्ने योजना बनाएको छ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निणर्य यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७