पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला


१९ फाल्गुन २०७८, बिहीबार
death

गुल्मी । गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका-५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताए ।

एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७/६८ वर्षीया महिला डुवेको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताए । घटनाबारे थप अनुसन्धान भइहेको गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७