‘जनमोर्चा गठबन्धनमै छ, सरकारको समर्थन फिर्ता लिएको छैन’


१९ फाल्गुन २०७८, बिहीबार
chitra bahadur kc

काठमाडौं । जनमोर्चा नेपाल पाँच दलीय गठबन्धनमै रहेको सरकारमा प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
सञ्चारमन्त्री समेत रहेका कार्कीले बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि यस्तो बताएका हुन् ।

‘अहिले हाम्रा आफ्ना धारणाहरु सजिला र अफ्ठ्यारा पक्षबारे छलफल गरेर निष्कर्षमा लैजान्छौं’, उनले भने, ‘दलहरु र गठबन्धनमा छलफल गर्छौं । एमसीसीको विषयमा मात्रै जनमोर्चाको फरक मत रहेको छ । जनमोर्चाले सरकारलाई दिने समर्थनबारे निणर्य गरेको छैन ।’

सरकारले गत १५ गते सदनबाट एमसीसी पास गरेपछि चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ । उ अहिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगै ६ दल मिलेर एमसीसीविरुद्ध आन्दोलनमा छ ।

जनमोर्चाले गठबन्धन छाडेपछि गण्डकी प्रदेश सरकार पनि धरापमा परेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे जनमोर्चाले आगामी फागुन २७ गते केन्द्रीय कमिटी बैठकबाट निणर्य लिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७