जुम्लाका ३२ वर्षीय युवकको हत्या आरोपमा दुई जना पक्राउ


१९ फाल्गुन २०७८, बिहीबार
pakrau
फाइल फोटो

काठमाडौं । जुम्लाका ३२ वर्षका मानबहादुर राउतको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बूढानीलकण्ठमा बस्ने २४ वर्षका याकुब चौधरी र १८ वर्षका करण पासवान रहेको काठमाडौं परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

यही फागुन १८ गते काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ प्लटिङ जग्गामा उनको शव फेला परेको थियो । शरीरमा घाउचोट देखिएकाले प्रहरीले हत्याको आशंका गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७