जबराविरुद्धको महाअभियोग अविलम्ब पारित गरियोस् : नेपाल बार


१९ फाल्गुन २०७८, बिहीबार
chandeshwor bar

काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अब न्यायपालिका र सार्वजनिक दायित्वका पदमा स्वीकार गर्न नसकिने जनाएको छ ।

नेपाल बारको १५ औं राष्ट्रिय सम्मेलनले पारित गरेको २२ बुँदे घोषणपत्र बिहीबार सार्वजनिक गर्दै उनीविरुद्धको महाअभियोग प्रस्ताव छिट्टै पारित गर्न माग पनि गरेको छ ।

‘प्रतिनिधिसभामा महाअभियोगको प्रस्ताव दर्ता भई निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको प्रस्तावउपर यथाशीघ्र कारबाही प्रारम्भ गरी पारित गर्न नेपाल बार एसोसिएसनको यो सम्मेलन माग गर्दछ’, घोषणापत्रमा भनिएको छ । नेपाल बारले जबराको बहिर्गमन नै न्यायपालिका सुधारको आधार नभई सुधारको प्रस्थानविन्दु भएको जनाएको छ । यस्तै भ्रष्टाचारलगायत विषयमा अरू न्यायाधीशमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७