घरघरमा धारा पुगेपछि चितवनका स्थानीयवासी खुशी


१९ फाल्गुन २०७८, बिहीबार
dhara
फाइल फोटो

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका -६ ढङ्ङ्ग्रेका बासिन्दा खुशी भएका छन् । पुस्तौंदेखि खानेपानी जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुशी भएका हुन् ।

ढुग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौंदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापक समेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौंदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए ।

पुस्तौंदेखि घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेको यहाँको बासिन्दाले स्थानीय सरकार आएसँगै घरघरमा धारा आउँदा आफूहरु खुशी भएको उनले बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था रहेका थिए ।

उनले भने, ‘एक गाग्री पानी लिन घण्टौं लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो पानीको धारा घर-घरमा आगमनै आएपछि गाउँलेले सुखको अनुभूति गरेको गरेको छ ।’ वर्षौदेखिको आफूहरुले पहल गरिरहेपनि स्थानीय सरकार आएसँगैँ पूरा भएको उनको भनाइ छ ।

गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुङ्ग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेको छन् । आयोजनाबाट ५१६ जना जनसंख्या लाभान्वित भएका छन् । आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा सम्पन्न भएको उनले बताए । गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो ।

उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारिएको बताइन् । गतवर्ष मात्र मोटरबाटो पुगेको गाउँमा घरघरमा पानीको धारा पुगेपछि व्यवसायी तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ ।

गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसँगै व्यवसायी खेती तर्फ स्थानीयवासीालाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन समेत गरिहेको उनको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरी तरकारी तथा फलफुलखेतीका लागि उर्वर भूमि मानिन्छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७