१०५ मा कोरोना संक्रमण, तीन जनाको मृत्यु


१९ फाल्गुन २०७८, बिहीबार
FM671mPacAAKeaK

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा तीनको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २,४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७,५१७ जना सक्रिय संक्रमित छन् । जसमध्ये ७,३४९ जना होम आइसोलेसनमा छन् भने १६८ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७