ठूला दलका छलछामबाट वाक्क जनताले विकल्प खोजेका छन् : लोहनी


१९ फाल्गुन २०७८, बिहीबार
praksahchandra lohani

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको र गुणात्मक परिवर्तन चाहेको बताएका छन् ।

‘कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरिरहेका छन्,’ लोहनीले राप्रपाको केन्द्रीय कार्यसमिति बैठकलाई बिहीबार सम्बोधन गर्दै भने, ‘राष्ट्रवादी, प्रजातान्त्रिक छवि भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन् ।’

‘राप्रपा वैकल्पिक शक्तिको रुपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’उनले भने ।

लोहनीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूणर् तयारीका साथ लाग्न निर्देशन दिए । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक फागुन १८ र १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७