लोकप्रियतामा दीपिकाले प्रियंकालाई पछि पारिन्


७ चैत्र २०७४, बुधबार
Priyanka chopra and dipika padukon

काठमाडौं, ७ चैत । बलिउड अभिनेत्रीबीच अनेक विषयको तुुलना भइरहन्छ । कहिले कसको फिल्म बढी सफल या असफल त, कहिले को कति सुन्दर भन्नेसमेत चर्चा हुन्छ । अहिले लोकप्रियताको मामलामा पनि दीपिकाले प्रियंकालाई पछाडि छोडेकी छिन् ।Priyanka chopra and dipika padukon

भारतमा पहिलोपटक घोषणा भएको इन्स्टाग्राम अवार्डमा दीपिका ‘मोस्ट फलोड अकाउन्ट’ को विजेता बनिन् । अभिनेत्री दीपिका पादुकोणले फेरि पपुलारिटीको सवालमा इन्टरनेसनल स्टार प्रियंका चोपडालाई पछाडि पारेकी छिन् । बलिउडमा पहिलोपटक घोषणा गरिएको ‘मोस्ट फलोइङ अकाउन्ट’ टाइटलको विजेता दीपिका बनेकी छिन् ।

इन्टाग्राममा दीपिकाका २ करोड २४ लाख फलोअर्स छन् । प्रियंका अलिकति मात्रै पछाडि छिन् । उनका २ करोड २० लाख फलोअर्स छन् । तेस्रो नम्बरमा रहेकी आलिया भट्टका परेकी छिन् । उनको मार्च २०१८ सम्ममा उनका २०।८ मिलियन फलोअर्स छन् ।

सो कार्यक्रममा क्रिकेटर बिराट कोहलीले ‘मोस्ट ईंगेज्ड अकाउन्ट’ को टाइटल जितेका थिए । उनका १ करोड ९८ लाख फलोअर्स छन् । यसैगरी ईशान खट्टरले जल्दोबल्दो अकाउन्टको विधामा अवार्ड जिते । आलिया भट्ट र श्रद्धा कपुरलाई विशेष पुरस्कार दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७