तेस्रो पटक मधेस प्रदेशसभा बैठक स्थगित


२१ फाल्गुन २०७८, शनिबार
pradesh 2

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रो पटक स्थगित भएको छ । फागुन २२ गतेको लागि तोकिएको बैठक अगामी चैत ९ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसयघि फागुन १ र १० गते आह्वान गरिएको बैठक पनि प्रदेशसभा सचिवालयले विशेष कारणभन्दै स्थगित गरेको थियो ।

१ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आएकाले स्थगित गरिएको थियो भने १० गतेको बैठक आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह भारत भ्रमणमा रहेकाले स्थगित गरिएको थियो ।

आजको बैठक गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मधेस भ्रमणमा आएका हुनाले स्थगित गरेको बुझिएको छ । उनको स्वागतमा मुख्यमन्त्री र सांसदहरु व्यस्त हुने भएकाले प्रदेशसभा स्थगित गरिएको सभामुख सरोजकुमार यादवका प्रेस सल्लाहकार रञ्जित यादवले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७