प्रवासीको संकटमा साथी र देशको समृद्धिको सारथी बन्न चहान्छु : शिवकुमार राई


२९ आश्विन २०७४, आईतवार

शिवकुमार राई, गैरआवासीय नेपाली संघ (एनआरएनए) आन्दोलनको अग्रणी नाम हो । एनआरएनए अमेरिकाको संस्थापना कालदेखी यो अभियान र आन्दोलनमा उनी निरन्तर लागिरहेका छन् । पूर्व भोजपुरमा जन्मिएका राई विगत लामो समयदेखी अमेरिकामा रहेर पनि मुलुकको समृद्धि र सुखदुखको अभियानमा संग्लन छन् । देशभित्र लगानी र पर्यटन भित्राउने अभियानमा उनको अभियान प्रशंसनीय छ ।

हाल एनआरएनएको सल्लाहकार छन् उनी । शनिबार देखी काठमाडौंमा सुरु भएको  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनमा राई पनि नेतृत्वको लागि उम्मेदवार छन् । एनआरएनएका नर्थ अमेरिका क्षेत्रिय उप संयोजक पदमा उनको उम्मेदवारी छ ।  राई एनआरएनए अमेरिकाको महासचिव, अध्यक्ष हुदै अहिले सल्लाहकारको भुमिकामा छन् । प्रवासीको संकटको साथी र देशको समृद्धिको सारथी बन्नका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

sibha kumar rai

एनआरएनएले अघि सारेको ‘भिजन २०२० एण्ड वियोण्ड’ को कार्यान्वयनको लागि आफ्नो महत्वपूर्ण भुमिका रहने उनको दाबी छ । देशभित्र प्राकृतिक विपत्ती आउदा सधैं सहयोगको अगुवाई गदै आएका राईको यसपालीको चुनावी अजेन्डा यो पनि हो । उनी भन्छन्, देशभित्र प्राकृतिक प्रकोपले देशबासी संकटमा पर्दा सहयोग गर्दे आएको छु, अब यो अभियानलाई अझ बलियो बनउने छु । एनआरएनएको केन्द्र र क्षेत्रसँग समन्वय हुदा कतिपय अवस्थामा समस्या आएको उनको बुझाई छ । आफू विजयी भए केन्द्र र क्षेत्रबिच भरपर्दो पुलको काम गर्ने उनको भनाई छ । राईसँग नयाँ पेजले गरेको कुराकानीको पुरा भिडियो तल हेर्नुहोस् :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७